वार्षिक समिक्षा छलफल

नेपाल अपाङ्ग महिला संघको यो वर्ष गरिएको कामका बारेमा समिक्षा गर्न यही माघ १८ र १९ गते गरी दुई दिने समिक्षा तथा योजना तर्जुमा छलफल सम्पन्न भयो ।

छलफलमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु र कर्मचारीहरु सहभागि थिए । बैठकको पहिलो दिन नेपाल अपाङ्ग महिला संघका आन्तरिक नीति र पाँच वर्षे रणनीतिका बारेमा  कर्मचारी र कार्यसमितिका सदस्यहरुलाई अभिमुखिकरण गरिएको थियो ।

दोस्रो दिन संघले सञ्चालन गरिरहेका परियोजनाका एकवर्षमा भएका गतिविधिको बारेमा समिक्षा गरिएको थियो । संघमा सञ्चालनमा रहेका  ३ वटा परियोजनाका गतिविधि, कामका उपलब्धी र चुनौतीका बारेमा सम्बन्धित परियोजनाका संयोजकहरुले प्रस्तुत गरेका थिए । साथै आगामी दिनमा गर्ने कार्य योजना पनि बैठकमा प्रस्तुत गरिएको थियो ।