NDWA Nepal

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको छायाँ प्रतिवेदन तयारीमा छलफल

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको नागरिक समाजका तर्फबाट पनि यसको छाया प्रतिवेदन तयार गर्न छलफल तथा प्रक्रियाका बारेमा  महिलावादी दृष्टिकोणबाट छलफल गर्न नेपाल अपाङ्ग महिला स‌ंघले पुर्व परामर्श कार्यक्रमको आयोजना गर्‍यो । अपाङ्गता भएका महिलाका विशेष आवश्यकता र सवाललाई पहिचान गरेर  विषयगत रुपमा प्रतिवेदन तयार गर्ने र प्रतिवेदनमा कस्ता विषयलाई प्राथमिकता दिने भन्ने विषयमा… Read more अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको छायाँ प्रतिवेदन तयारीमा छलफल

अपाङ्गता भएका महिलाहरु सहजकर्तासँग सामुहिक तस्विर खिचाउँदै । तस्विरमा ३० जना अपाङ्गता भएका महिला तालिम आयोजना भउको स्थान होटल हार्दिक बाग बजारको हलमा

अपाङ्गता भएका महिलाको कानुनी अधिकार बारे क्षमता अभिवृद्धी तालिम

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महिला संघले आफ्ना सदस्यहरूलाई  मंसिर ७  र ८ गते  चौंथो चरणको  दुई दिने  तालिमको आयोजना गर्‍यो ।  

२९ कात्तिक, धनकुटा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा धमाधम भइरहेको छ । तर, अपाङ मैत्री मतदाता शिक्षा नहुँदा अपाङता भएका मतदाताले समस्या भएको गुनासो गरेका छन् । सांकेतिक भाषा शिक्षक तथा अपांग सेवा संघका सल्लाहकार श्रवणलाल राईले अपांगमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताए ।

अपाङ्गतामैत्री सूचनाका लागि नेपाल अपाङ्ग महिला संघले नेपाल पत्रकार महासंघलाई गरायो ध्यानाकर्षण

  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले अपाङ्गतामैत्री सञ्चार निर्देशिका २०७३ कार्यान्वयनमा महासंघ गम्भीर रहेको बताउनुभएको छ । आउँदो प्रदेश र संघीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति र महिलाको सहभागिता अपाङ्गतामैत्री निर्वाचन प्रक्रिया पहुँचयुक्त मतदान केन्द्र बनाउनका लागि संचारमाध्यमको भूमिकाका विषयमा ध्यानाकर्षण गराउन गएका नेपाल अपाङ्ग महिला संघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष पोख्रेलले पत्रकारहरुलाई प्रशिक्षण गर्ने क्रममा… Read more अपाङ्गतामैत्री सूचनाका लागि नेपाल अपाङ्ग महिला संघले नेपाल पत्रकार महासंघलाई गरायो ध्यानाकर्षण