स्थानीय तहको सात चरणको योजना प्रक्रियाका बारेमा अभिमुखीकरण

स्थानीय तहको सात चरणको योजना प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महिला स‌ंघले एकदिने  अनतर्क्रिया तथा अभिमुखीकरण आयोजना गर्‍यो ।

अन्तर्क्रियामा बोल्दै बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले अपाङ्गता भएका महिलाका सम्पुर्ण सवाललाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको भन्दै त्यस्ता सवालहरू के के हुन् नगरपालिकालाई जानकारी दिन आव्हान गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष अनिता घिमिरेले हरेक महिला आन्दोलनमा आफुहरूको सहभागिता  भएपनि अपाङ्गता भएका महिलाका आवाज महिला आन्दोलनले नै नसुनेको  बताउनुभयो । उहाँले अपाङ्गता भएका महिलाहरू सबै भन्दा धेरै यौन हिंसाको जोखिममा रहेका र यस्तो गम्भीर समस्याको सम्बोधन राज्यले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघ कि अध्यक्ष टिका दाहालले अपाङ्गता भएका महिलाले अपाङ्गताको क्षेत्रमा मात्रै नभइ समग्र महिला कै सवाल उठाइरहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका महिलामाथि भइरहेको यौन हिंसाको जोखिम अन्त्य र उनीहरुको न्यायमा पहुँचका लागि धेरै काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका सामाजिक विकास विभागका प्रमुख पुष्पा बमले स्थानीय तहको सात चरण योजना प्रकियाका बारेमा प्रस्तुतट्ठ दिनुभएको थियो । उहाँले आफ्ना सवाललाई बलियो गरी योजनाको पहिलो चरणदेखि नै पार्नसके पालिकाले यसलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । साथै उहाँले आफ्ना सवालमा छलफल गरेर यो प्रक्रियामा सहभागी हुन अपाङ्गता भएका महिलाहरुलाई आव्हान पनि गर्नुभयो । अभिमुखीकरणमा बुढानीलकण्ठ नगरपालिका र अन्य गरी लगभग ५० जनाको सहभागिता थियो ।