नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्यसमिति

नेपाल अपाङ्ग महिला संघको २२ औं साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ । ११  औं अधिवेशनले  टीका दाहालको अध्यक्षतामा संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले संघको उपाध्यक्षमा मीना पौडेल, महासचिवमा देवकला पराजुली, सचिवमा सुनिता थापा र कोषाध्यक्षमा शोभा विष्टलाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा रश्मि अमात्य, कल्पना ढकाल , दिल कुमारी देवकोटा, सरिता थापामगर, चिजमाया विक र डम्बरी भट्ट निर्वाचित हुनुभएको छ ।