NDWA Nepal

अपाङ्गता भएका व्यक्तिको मानव अधिकार

मानव अधिकार सबैको जन्मसिद्ध अधिकार हो । मानव अधिकार आधारभूत अधिकारसँग पनि जोडिएको हुन्छ । गाँस, बास, कपास मुख्य आधारभूत आवश्यकताभित्र पर्दछन् । त्यसपछि शिक्षा, स्वास्थ्य, रोजगारी, स्वतन्त्रतालगायत राजनीतिक, आर्थिक, सामाजिक अधिकार रहेका छन् ।

Sanjog Thakuri Facilitating the session

अपाङ्गता भएका महिलाका लागि महिलावादी क्षमता अभिवृद्धि तालिम

  नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाका लागि ३ दिने महिलावादी क्षमता अभिवृद्धि तालिमको आयोजना गर्‍यो । सीविएम ग्लोवलको सहकार्यमा गरिएको यस तालिममा गोर्खा, धादिङ,चितवन, काभ्रे र काठमाडौंमा अपाङ्गता क्षेत्रमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधि, अपाङ्गता महिला अधिकारकर्मीहरु गरी २५ जनाको सहभागिता थियो । पुष १८ देखि २० गतेसम्म संचालन गरिएको तालिमका सहजकर्ता संजोग ठकुरीले… Read more अपाङ्गता भएका महिलाका लागि महिलावादी क्षमता अभिवृद्धि तालिम

बार्षिक समीक्षा बैठक सम्पन्न

नेपाल अपाङ्ग महिला संघले गत एकवर्षमा गरिएको कामका बारेमा समिक्षा गर्न एक कार्यक्रमको आयोजना गरेको छ । पुष १२, २०८० मा काभ्रेस्थित बल्थलीमा सम्पन्न बैठकमा सहभागी कार्यसमितिका पदाधिकारी, सदस्यहरुले आफ्ना क्षेत्रमा गरिरहेका कामका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले संस्थाले पैरवी वकालतमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए । साथै वैठकमा संघले सञ्चालन… Read more बार्षिक समीक्षा बैठक सम्पन्न

Kapil Aryal briefing about the CRPD reporting prosses

बागमती प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न

    नेपाल अपाङ्ग महिला संघले विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा १० मङ्सिरमा हेटौंडामा वागमती प्रदेशस्तरीय सीआरपीडीको छायाँ प्रतिवेदन तयारी परामर्श छलफल  कार्यशाला गरेको छ । कार्यशालामा अपाङ्गता भएका व्यक्ति तथा संघसंस्थाका प्रतिनिधीहरु समेत गरि २५ जनाको उपस्थिति थियो । उपस्थित व्यक्तिहरुलाई अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका विभिन्न पाँचवटा धारामा समूह कार्य गरेका थिए… Read more बागमती प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न

Participants sitting round table and dr Sunita maleku presenting points from the group discussion

यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि कार्यशाला

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श छलफलको आयोजना गर्‍यो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि गरी २१ जनाको सहभागिता थियो । कार्यशालामा सहभागीहरुले  अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका बिभिन्न पाँचवटा धारामा समूहकार्य गरेका थिए ।… Read more यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि कार्यशाला