यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि कार्यशाला

Participants sitting round table and dr Sunita maleku presenting points from the group discussion

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श छलफलको आयोजना गर्‍यो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि गरी २१ जनाको सहभागिता थियो ।

कार्यशालामा सहभागीहरुले  अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सीआरपीडीका बिभिन्न पाँचवटा धारामा समूहकार्य गरेका थिए ।

सहभागीहरुलाई अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीका धारा ६ अपाङ्गता भएका महिला, धारा १२ समान कानुनी मान्यताको अधिकार, धारा १३ न्यायमा पहुँचको अधिकार, धारा १६ शोषण, हिंसा र दूर्व्यवहारबाट स्वतन्त्रता र धारा १७ व्यक्तिको अखण्डताको संरक्षणमा समूह विभाजन गरी कार्य गरेका थिए ।

यी सवै समूहबाट यूनसीआरपीडीक अन्तर्गतका उक्त धाराले व्यवस्था गरे अनुसारका सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरुले उपभोग गर्न नपाएको सवाल उठेको छ । सहभागीहरुले अपाङ्गता भएका महिलाका लागि सेवाहरु पहुँचयुक्त र अपाङ्गतामैत्री नभएको, न्यायमा पहुँच अत्यन्तै जटिल रहेको, अपाङ्गता भएका महिलालाई केन्द्रित गरेर हिंसा, शोषण र दूर्व्यवहार हुने गरेको तर यस्ता कार्यविरुद्ध सम्बोधन गर्ने सहयोगी संरचना नभएको, अपाङ्गता भित्रको विविधता र यसको संवेदनशीलतालाई नेपालको नागरिक आन्दोलन, राज्य र सेवा प्रदायक निकाय सचेत नभएको र यस अनुसारका सेवाको व्यवस्था नगरेकोलगायतका विषय उठाइएको छ ।