स्थानीय तहका प्रतिनिधिसँग अन्तर्किया

स्थानीय सरकारको वडा तहदेखि नै अपाङ्गता भएका महिलाका समावेश गराउनका लागि

नेपाल अपाङ्ग महिला संघले बुढानीलकण्ठ नगपालिकाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुसँग अन्तर्क्रिया गरेको छ । अपाङ्गता भएका महिलाका सवाल पालिकाको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन होस भन्ने उद्देश्यले संघले वडा अध्यक्ष र अपाङ्गता भएका महिलाहरुको सञ्जालसँग अपाङ्गता समन्वय समितिसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तर्क्रियाका क्रममा संघले आगामी आर्थिक वर्षमा अपाङ्गता भएका महिलाका समेटिनुपर्ने सवालसहित २० बुँदे ध्यानाकर्षण वडा अधक्ष्य र सदस्यहरुलाई बुझाएर यी सवाल प्रतिवद्धताका लागि छलफल गरेको थियो ।

अन्तर्क्रियामा उपस्थित वडा अध्यक्षहरुले यी सवालहरुलाई आफ्ना योजनामा समावेश गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका वडा अधक्ष्यहरु सदस्य बुढानीलकण्ठ नगरपालिकास्थिति अपाङ्गता समन्वय समितिका सदस्यहरु सामाजिक विकास विभागका प्रमुख र पालिकास्थित अपाङ्गता भएका महिलाको सञ्जाल गरी ३५ जनाको सहभागिता थियो ।