अपाङ्गता भएका महिलालाई पुनर्ताजगी तालिम

सामूहिक तस्विर खिचाउँदै तालिममा सहभागी

 

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा नेपाल अपाङ्ग महासंघले  पुनर्ताजगी तालिम आयोजना गरेको छ । संघले आफ्ना सदस्यहरू र  अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघ संस्थाका प्रतिनिधिलाई  वैशाखको २४ र २५ गते यो तालिमको आयोजना गरेको हो ।

राजनीतिक र नागरिक अधिकार सम्बन्धी महासन्धीमा भएका व्यवस्थाका बारेमा प्रस्तुती दिँदै बाकेबाट आएकी सहभागी विनिता शर्मातालिममा कञ्चनपुर, बाँके, रौतहट, महोत्तरी, सिराह, धादिङ, काठमाडौं, काभ्रेलगायत जिल्लाका नेपाल अपाङ्ग महिला संघका साधारण सदस्य र अपाङ्गता भएका महिला र व्यक्तिको अधिकारका लागि काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि गरी २५ जना भन्दा बढीको सहभागिता थियो ।

नेपाल सरकारले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय महासन्धिहरु र   अपाङ्गता अधिकार सम्बन्धी राष्ट्रिय कानुन र नियमावलीका बारेमा जानकारी दिइ आफ्ना सदस्य र अपाङ्गता अधिकारमा काम गर्ने अधिकारकर्मीहरूको पैरवी वकालत र शसक्तिकरणमा क्षमता बढाउन यो पुनर्ताजगी  तालिमको आयोजना गरेको हो  ।

तालिममा अपाङ्गता अधिकार ऐन २०७४,  अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी (युनसीआरपीडी), महिलामाथि हुने सवैप्रकारका विभेदविरुद्धको महासन्धी (सिड), नेपालले हस्ताक्षर गरेका अन्य महासन्धी, दिगो विकास लक्ष्यकामा भएका व्यवस्था र प्रावधानका  बारेमा सहभागीहरुले समूह कार्य गरी प्रस्तुत गरेका थिए  ।