लैङ्गिक हिंसा र न्यायमा पहुँच विषयक तीन दिने तालिम सम्पन्न

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिला अधिकारकर्मी तथा अभियन्ताहरुका लागि लैङ्गिक हिंसा र न्यायमा पहुँच विषयक तालिम मिति २०१६ नोभेम्बर १० देखि १२ सम्म सम्पन्न गरेको थियो । अपाङ्गता भएका महिला अधिकारकर्मी तथा अभियन्ताहरुलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच, मानवअधिकार तथा महिला अधिकारका सम्बन्धमा सचेत गराउने र अपाङ्गता भएका व्यक्ति तथा महिलाका सवालहरुको उठान तथा वकालत पैरवी गर्नका लागि सक्षम बनाउन अभिप्रायले तालिमको आयोजना गरिएको थियो ।

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिला अधिकारकर्मी तथा अभियन्ताहरुका लागि लैङ्गिक हिंसा र न्यायमा पहुँच विषयक तालिम मिति २०१६ नोभेम्बर १० देखि १२ सम्म सम्पन्न गरेको थियो । अपाङ्गता भएका महिला अधिकारकर्मी तथा अभियन्ताहरुलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच, मानवअधिकार तथा महिला अधिकारका सम्बन्धमा सचेत गराउने र अपाङ्गता भएका व्यक्ति तथा महिलाका सवालहरुको उठान तथा वकालत पैरवी गर्नका लागि सक्षम बनाउन अभिप्रायले तालिमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका जिल्ला पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।

 

तिन दिने तालिमलाई विभिन्न शत्रमा विभाजन गरिएको थियो, जस्तै: परिचय, अपेक्षा संकलन, प्रारम्भिक मूल्यांकन, तालिम परिचालन, योजना तथा उत्तर मूल्यांकन शत्रहरु । तालिमको सहजीकरण नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धिताल, महासचिव मीना पौडेल, कार्यक्रम संयोजक लक्ष्मी न्यौपानेले गर्नुभएको थियो । तालिमको परिचय, अपेक्षा संकलन, प्रारम्भिक मूल्यांकन, उत्तर मूल्या.कन शत्रको सहजीकरण नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक लक्ष्मी न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको शुरुमा संघकी महासचिव मीना पौडेलले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीहरुको स्वागत गर्नुभएको थियो ।

 

तालिममा संघकी अध्यक्ष निर्मला धितालले मानवअधिकार तथा महिला अधिकार, महासचिव पौडेलले यौन र लैङ्गिकता, लैङ्गिक भूमिका, अभिलेखीकरण जस्ता विषयहरुमा सहजीकरण गर्नुभएको थियो । संयोजक न्यौपानेले लैङ्गिक हिंसा र न्यायमा पहुँच जस्ता विषयमा सहजीहरण गर्नुभएको थियो ।

तालिमपश्चात अपाङ्गता भएका महिला अधिकारकर्मी तथा अभियन्ता अपाङ्गता भएका व्यक्ति तथा महिलासंग सम्बन्धित राष्ट्रिय तथा अन्तराट्रिय नीति तथा कानुनका बारेमा सचेत भए र उनीहरु अपाङ्गता भएका व्यक्ति तथा महिलाका सवालहरु उठान तथा वकालत पैरवीका लागि सक्षम भए ।