२९ कात्तिक, धनकुटा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा धमाधम भइरहेको छ । तर, अपाङ मैत्री मतदाता शिक्षा नहुँदा अपाङता भएका मतदाताले समस्या भएको गुनासो गरेका छन् । सांकेतिक भाषा शिक्षक तथा अपांग सेवा संघका सल्लाहकार श्रवणलाल राईले अपांगमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताए ।
पहिचान इ-वुलेटिन, जुलाइ-सेप्टेम्बर, २०७९

अपाङ्गतामैत्री सूचनाका लागि नेपाल अपाङ्ग महिला संघले नेपाल पत्रकार महासंघलाई गरायो ध्यानाकर्षण
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले अपाङ्गतामैत्री सञ्चार निर्देशिका २०७३ कार्यान्वयनमा महासंघ गम्भीर रहेको बताउनुभएको छ । आउँदो प्रदेश र संघीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति र महिलाको सहभागिता अपाङ्गतामैत्री निर्वाचन प्रक्रिया पहुँचयुक्त मतदान केन्द्र बनाउनका लागि संचारमाध्यमको भूमिकाका विषयमा ध्यानाकर्षण गराउन गएका नेपाल अपाङ्ग महिला संघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष पोख्रेलले पत्रकारहरुलाई प्रशिक्षण गर्ने क्रममा… Read more अपाङ्गतामैत्री सूचनाका लागि नेपाल अपाङ्ग महिला संघले नेपाल पत्रकार महासंघलाई गरायो ध्यानाकर्षण
अपाङ्गता भएका व्यक्तिलाई बन्दसूचीमा नराखेको भन्दै निर्वाचन आयोगमा उजुरी
१२ असोज, काठमाडौं । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले उजुरी दिएका हुन् । https://www.onlinekhabar.com/2022/09/1198137

अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक राष्ट्रिय सम्मेलन
पाल अपाङ्ग महिला संघले विभिन्न विकाशका साझेदार संस्थाहरुको सहकार्यमा अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि साझेदारी, न्यायमा पहुँचका लागि खबरदारी” भन्ने नाराका साथ अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्यो ।