News

participants are listening the issues of women with disabilities in Chisapani, Ramechhap

अपाङ्गता समावेशि पु्र्नस्थापना सम्बन्धी १ दिने अन्तर्क्रिया सम्पन्न

नेपाल अपाङ्ग महिला सङ्घको आयोजनामा जेठ ३ गते २०७५ का दिन रामेछापको चिसापानीमा अपाङ्गता समावेसि पुनरस्थापना सम्बन्धी अन्तर्किया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरू, स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षकहरू र अपाङ्गता भएका व्यक्तिहरुसमेत ३३ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अतिथ्यता चिसापानी वडा नं. ८ का वडा सदस्य झनमाया पुलामिले गर्नु… Read more अपाङ्गता समावेशि पु्र्नस्थापना सम्बन्धी १ दिने अन्तर्क्रिया सम्पन्न

AGM Picture

नेपाल अपाङ्ग महिला संघको अठारौं साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न

नेपाल अपांग महिला संघले १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन सम्पन्न गरेको छ । संघको सो अधिवेशनले निर्मला धितालको अध्यक्षतामा सात सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ, जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मीना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन भएका छन् भने समितिको सदस्यहरुमा मैया लम्साल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा चयन भएका छन् । अन्य थप २ सदस्यहरु भने संघको विधान अनुरुप पछि मनोनित गरिने संघले बताइएको छ ।

Mr. Ganesh KC from Inclusive Education Section at Education Department giving his remarks during Public Hearing program

सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाको शिक्षा, स्वास्थ्य, अपाङ्गमैत्री भौतिक पूर्वाधार तथा अपाङ्गता भएका महिला माथिको हिंसा जस्ता महत्वपूर्ण सवालहरुमा छलफल गरी सरोकारवाला निकाय तथा नीतिनिर्माताहरुलाई जवाफदेही बनाउने अभिप्रायले गोर्खा, धादिङ्ग एवं काठमाडौं जिल्लाका सरोकारवाला तथा नीतिनिर्माताहरु सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो ।

लैङ्गिक हिंसा र न्यायमा पहुँच विषयक तीन दिने तालिम सम्पन्न

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिला अधिकारकर्मी तथा अभियन्ताहरुका लागि लैङ्गिक हिंसा र न्यायमा पहुँच विषयक तालिम मिति २०१६ नोभेम्बर १० देखि १२ सम्म सम्पन्न गरेको थियो । अपाङ्गता भएका महिला अधिकारकर्मी तथा अभियन्ताहरुलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच, मानवअधिकार तथा महिला अधिकारका सम्बन्धमा सचेत गराउने र अपाङ्गता भएका व्यक्ति तथा महिलाका सवालहरुको उठान तथा वकालत पैरवी गर्नका लागि सक्षम बनाउन अभिप्रायले तालिमको आयोजना गरिएको थियो ।

महिला अभियन्ताका लागि राष्ट्रिय तथा अर्न्तराष्ट्रिय दस्तावेजहरुका सम्बन्धमा तालिम सम्पन्न

मानवअधिकार, अपाङ्गता महिला अधिकारका विषयमा अवधारणगत स्पष्टताल्याई न्यायमा पह’ँच अभिबृद्धिका लागि बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरुका बारेमा अपाङ्गता महिला अभियानकर्ताहरुलाई जानकारी गराई अपाङ्गता महिलाका सवालहरुलाई बलियो रुपमा उठान तथा पैरवी गर्न क्षमताको विकास गर्नु नै तालिमको उद्देश्य थियो ।