यूएनसीआरपीडी छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श

Advocate Kapil Aryal giving his presentation

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श छलफलको आयोजना गर्‍यो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि र अन्य बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि गरी २८ जनाको सहभागिता थियो ।सहभागीहरू प्ररस्तुतिमा ध्यान दिदै

कार्यशालामा अधिवक्ता कपिल अर्यालले यूनसिआरपीडीमा महिला र बालिकाका लागि सम्बोधन गरिएका विभिन्न धाराहरुको प्रस्तुती गर्नसभयो । उहाँले  अपाङ्गता भएका महिलाको दृष्टिकोणबाट छायाँ प्रतिवेदन बनाउँदा सीआरपीडिका कुन कुन धारामा छलफल गर्नुपर्छ र कुन धारालाई प्राथमिकतामा राखेर छायाँ प्रतिवेदन बनाउनुपर्छ भन्ने कुरामा छलफल भएको प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सहभागिहरुले सीआरपीडीका विभिन्न विषयगत धारासँग मेल खाने गरी काम गरिरहेका अपाङ्गताको क्षेत्रमा पनि विषयगत रुपमा काम गर्ने संस्थाहरुसँग परामर्श गरी छायाँ प्रतिवेदनमा काम गर्नुपर्ने सुझाएका थिए । उनीहरुले अपाङ्गता भएका महिलाक र वालिकाको शिक्षामा काम गर्ने संस्था प्रजनन र स्वास्थ्य अधिकार  अपाङ्गताभित्रको विविधतामा रहेर काम गरिरहेका संघस‌‌ंस्था र समग्र अपाङ्गता भएका महिलामा काम गर्ने संघसंस्थाहरु मिलेर काम गर्न सकिने उनीहरुले बताए । छायाँ प्रतिवेदन छुट्टाछुट्टै नभइ एउटैमात्र जानुपर्छ भन्ने नभइ विषयगतरुपमा केन्द्रित भएर धेरै पठाएपनि केही फरक नपर्ने बताए ।

नेपाल अपाङ्ग महिला संघकि अध्यक्ष टीका दाहालले लैङ्गिक दृष्टिकोणबाट छायाँ प्रतिवेदन तयार गर्नका लागि यो परामर्शको आयोजना गरिएको बताउनुभयो ।