अपाङ्गता भएका महिला र वालिकामाथि हुने हिंसाका बारेमा पालिका र प्रहरीसँग अन्तर्किया

नेपाल अपाङ्ग महिला संघले सेवा प्रदायकहरुका लागि ललितपुरमा एकदिने अभिमुखीकरणको आयोजना गर्‍यो । नेपाल  प्रहरीको महिला सेल र पालिकास्थित न्यायिक समितिका सदस्यहरुका लागि अपाङ्गता भएका महिला र वालिकाप्रति हुने  हिंसा सम्बन्धी स‌ंवेदनशील बनाउन यो अभिमुखीकरणको आयोजना गरिएको हो ।

अभिमुखीकरणमा सहभागीहरुले अपाङ्गता भएकाहरुको वडास्तरबाट तथ्याङ्क संकलन गरी उनीहरुको स्थिति अनुसार आय आर्जन सम्बन्धी सीप तथा तालिमको व्यवस्था गर्ने बताए । उनीहरुले  अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न चाहँदा चाहँदै पनि भौतिक असुविधाका कारणले  सहयोग गर्न  नसकेको  बताए ।

अभिमुखीकरणमा ललितपुरका गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका न्यायिक समितिका सदस्य र महिला सेलमा कार्यरत प्रहरी कर्मचारी गरी १७ जना सहभागी थिए ।