अपाङ्गता र समावेशी विकास सम्बन्धी सरोकारवालाहरुसँग छलफल

Meena Paudel delivering her presentation about disability and inclusion

 

नेपाल अपाङ्ग महिला संघले अपाङ्गता र समावेशी विकास सम्बन्धी सरोकारवालाहरुसँग छलफल गरेको छ । स‌ंघले मंसिर १९ गते काभ्रेको धुलिखेलमा आयोजना गरेको अन्तर्कियामा सहभागीहरूले

अपाङ्गता भएका व्यक्तिमाथि हुने भेदभाव अन्त्य गरी राजनीतिक, आर्थिक र सामाजिक विकासमा समावेशीका लागि आवाज उठाउने प्रतिवद्धता जनाए ।

 

अपाङ्गता समावेशीका लागि शिक्षा, स्वास्थ्य नीतिको व्यवस्था र अवसरहरुमा प्राथमिकता दिने, कानुनी अधिकारका लागि सहजीकरण गर्ने, हिंसापीडित महिलाका लागि बनाइने सुरक्षित आवासलाई अपाङ्गतामैत्री बनाउन पहल गर्ने,  न्यायमा पहुँच पुर्‍याउन सहजीकरण गर्नेलगायतका प्रतिवद्धता उनीहरुले गरेका छन् ।

यसैगरी धुलिखेल नगरपालिकाले पालिकामा समस्या लिएर आएका अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर गुनासो सुन्ने र निशुल्क कानुनी सेवा र परामर्श, कानुनी सचेतनाका लागि काम गर्ने जनाएको छ । गैरसरकारी संस्था महासंघले नीतिगत तह मै अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउन पहल गर्ने र संघसंस्था ऐन अन्तर्गत नै यो व्यवस्था गराउन पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

अन्तर्क्रियामा नेपाल अपाङ्ग महिला संघका उपाध्यक्ष मीना पौडेलले अपाङ्गता भएका महिलाको अवस्था र समावेशीताको आवश्यकताका बारेमा प्रस्तुती दिनुभयो । यसैगरी महासचिव देव कुमारी पराजुलीले अपाङ्गता समावेशी सम्वन्धी कार्यक्रमको उद्देश्य बताउनुभएको थियो ।

अन्तर्क्रियामा स्थानीय पालिकाका प्रतिनिधि, प्रहरी, नागरिक समाजका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गरेका संघसंस्थाका प्रतिनिधिलगायत २५ जनाको सहभागिता थियो ।