२१ औं वार्षिक साधारण सभा

Group Photo of AGM.

Group Photo of AGM.

नेपाल अपाङ्ग महिला संघ NDWA ७ डिसेम्बर २०२१ मा २१ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको थियो । कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरी दुई चरणमा विभाजन गरिएको थियो । सर्वप्रथम नेपाल अपागं महिला संघका अध्यक्ष श्री टीका दाहालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि NFDN का उपाध्यक्ष श्री रमा ढकाल, राष्ट्रिय अपाङ्गता भएका महिला महासंघकी अध्यक्ष श्री निर्मला धिताल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्री देवकला पराजुली थिइन्, नेशनल एसोसिएसन अफ डेफ एण्ड हार्ड अफ हियरिङ (एनएडीएच) की अध्यक्ष श्री लक्ष्मी देवकोटा, अधिवक्ता तथा अभिभावक श्री मुकुन्दहरि दाहाल, परामर्शदाता श्री शिव रायमाझी । त्यसपछि नेपाल अपागं महिला संघको कोषाध्यक्ष श्री शोभा विष्ट खतिवडाको स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढाइएको थियो । कार्यक्रमको अध्यक्ष तथा अतिथिबाट पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केन्द्रीय सदस्यमा निर्वाचित श्री देवु पराजुलीलाई राजनीतिक जीवनमा प्रगति गर्नुभएकोमा सम्मान गरिएको थियो ।

नेपाल अपागं महिला संघले बोर्डका पदाधिकारीहरु र कर्मचारीहरु संग दुई दिने छलफल बैठक गरि रणनीतिक योजनाको दस्तावेज तयार पारेको थियो सो दस्तावेज उक्त छलफलका सहजकर्ता श्री शिव रायमाझीले प्रस्तुत गर्नुभएको थियो । उक्त दस्तावेज ५ वर्षे योजनाको मार्गचित्र थियो । कागजातहरूलाई अन्तिम रूप दिनका लागि केही सुझावहरू सङ्कलन गरिएको थियो, जस्तै; संगठनात्मक सुदृढीकरणका लागि युनिकोड टाइपिङ अनिवार्य हुनुपर्छ, डिजिटल प्रविधिमा विशेष स्पष्टीकरण आवश्यक हुनुपर्छ, त्यसैगरी संगठनात्मक विकासमा राजनीतिक प्रभाव सुन्य हुनु आवश्यक छ, कार्यालयमा सांकेतिक भाषाको दोभाषे चाहिन्छ । त्यसपछि अतिथिहरूलाई छोटो भाषणको लागि बोलाइएको थियो । सबै अतिथिहरुले नेपाल अपागं महिला संघको सुरुका दिनहरू सम्झिए जहाँ अघि बढ्नको लागि समर्थन थिएन, ८,९ जना सदस्यहरूले यसलाई कसरी अघि बढाउने भनेर संघर्ष गरिरहेका थिए, बजेट र कार्यक्रम पाउन धेरै गाह्रो थियो, दाताहरुले अपाङ्गता भएका महिलाहरूको क्षमतामा विश्वास गर्दैन थिए । बिस्तारै बिस्तारै संस्थापक पदाधिकारीहरुले आफ्नो क्षमता अभिवृद्धि गर्दै गए, धेरै मिहिनेत गरेर २००६ मा सानो परियोजना पाए, त्यसपछि २००७ मा कालोपुलमा कार्यालय स्थापना गरे । सबै अतिथिहरूले नेपाल अपागं महिला संघ को राम्रो भविष्य र यसले ७७ वटै जिल्लाका सबै पालिकाहरुमा सेवा गरोस् भन्ने कामना पनि व्यक्त गरे । साथै  कसैलाई पनि पछि नछोडकन सबै समुदाय र लाई समेट्न सकियोस् भनेर सुझाव पनि दिए । अतिथिको बहुमूल्य मन्तव्यपछि औपचारिक सत्रको समापन भई बन्द सत्र सुरु भएको थियो । कार्यक्रममा आफ्नो अमूल्य समय दिनुहुने सम्पूर्ण अतिथि तथा सदस्यहरुलाई अध्यक्षज्यूहरुले धन्यवाद ज्ञापन गर्दै हामीले निमन्त्रणा गर्दा सधैं हाम्रो कार्यक्रममा उपस्थित हुने गर्नु भएको बताउनु भयो ।  बाँके जिल्लाकी नेपाल अपागं महिला संघको सदस्य तिलकरानी थारुको गत महिना कोभिड–१९ महामारीका कारण मृत्यु भएको थियो । त्यसैले वहाँको आत्माको चिरशान्तिको लागि एक मिनेटमा मौन धारण गरियो। अघिल्लो साधारण सभामा नेपाल अपागं महिला संघको संविधान सच्याउने प्रतिबद्ध भएकोले सच्याइएको अंश अधिवक्ता मुकुन्दहरि दाहालले प्रस्तुत गर्नुभएको थियो । नेपाल अपागं महिला संघका उपाध्यक्ष, अधिवक्ता सुनिता थापा र मुकुन्दहरि दाहाल गरी तीन सदस्य रहेको विधान सुधार समितिले सच्याएको थियो । केही सुझावहरू सदस्यहरूद्वारा प्रदान गरिएको थियो जस्तै, हामीले सीमान्तकृत समूहहरू समावेश गर्नुपर्छ जस्तै मुस्लिम समुदायका अपाङ्गता भएका महिलाहरू, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय आदि, कार्यक्रमलाई कसरी दिगो बनाउने, हामीले सधैं दाताबाट बजेटको अपेक्षा गर्ने कि स्वाबलम्बन समूहलाई लघुवित्त बनाउने ? कतिपयले सदस्यहरूका लागि परिचयपत्रको  प्रस्ताव गर्नुभयो र नेपाल अपागं महिला संघको पुनःस्थापना केन्द्रलाई स्रोत केन्द्रका रुपमा स्थापना गर्न सुझाव दिए । साथै सबै सहभागीहरुले  सदस्य संख्या १५ बनाउनु पर्ने, नयाँ सदस्यका लागि प्रवेश शुल्क रु ५०० र नवीकरणीय शुल्क रु २०० लिने निर्णय गरीयो ।

अन्त्यमा नेपाल अपागं महिला संघका अध्यक्ष्यज्यूले केन्द्रिय कर्मचारीहरुको परिचय गराउँदै सबै सहभागिहरुलाई धन्यवाद दिएर सामुहिक तस्बिर खिची कार्यक्रम समापन गरियो।