News

अपाङ्गतामैत्री सूचनाका लागि नेपाल अपाङ्ग महिला संघले नेपाल पत्रकार महासंघलाई गरायो ध्यानाकर्षण

  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले अपाङ्गतामैत्री सञ्चार निर्देशिका २०७३ कार्यान्वयनमा महासंघ गम्भीर रहेको बताउनुभएको छ । आउँदो प्रदेश र संघीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति र महिलाको सहभागिता अपाङ्गतामैत्री निर्वाचन प्रक्रिया पहुँचयुक्त मतदान केन्द्र बनाउनका लागि संचारमाध्यमको भूमिकाका विषयमा ध्यानाकर्षण गराउन गएका नेपाल अपाङ्ग महिला संघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष पोख्रेलले पत्रकारहरुलाई प्रशिक्षण गर्ने क्रममा… Read more अपाङ्गतामैत्री सूचनाका लागि नेपाल अपाङ्ग महिला संघले नेपाल पत्रकार महासंघलाई गरायो ध्यानाकर्षण

अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक राष्ट्रिय सम्मेलन 

पाल अपाङ्ग महिला संघले  विभिन्न विकाशका साझेदार स‌ंस्थाहरुको सहकार्यमा अपाङ्गता भएका महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि साझेदारी, न्यायमा पहुँचका लागि खबरदारी” भन्ने नाराका साथ अपाङ्गता भएका महिलाको न्यायमा पहुँच विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो ।

लैङ्गिक हिंसा सम्बन्धी तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

नेपाल अपाङ्ग महिला संघले ओमेन काईन्ड वर्ल्डवाइड सहयोगमा संचालित “अवरोध घटाऊँ न्यायमा पहुँच बढाऊँ”” परियोजना अन्तर्गत यही २०७९ साल भाद्र २२, २३ र २४ गतेसम्म काठमाडौंको हार्दिक होटेलमा “अपाङ्गता भएका महिलाहरुको सन्दर्भमा लैङ्गिक हिंसा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम” तालिम आयोजना गर्‍यो ।

अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि लुम्विनी प्रदेशमा पहुँचयुक्त आघात सुसूचित हेरचाह सम्बन्धी तालिम

अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्श सम्बन्धी प्रदेशस्तरीय पाँचदिने तालिम लुम्विनी प्रदेशको वुटवलमा सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका कानुन नियमका बारेमा क्षमता अभिवृद्धी तालिम

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि  आएका अन्तर्राष्ट्रिय सन्धी, महासन्धि, नेपाल सरकारले बनाएका कानुन नियमका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महासंघले आफ्ना सदस्यहरूलाई  भदौको ५ र ६ गते गरी दुई दिने तालिमको आयोजना गर्‍यो ।